नेपालको दोस्रो विकेट झर्यो, २५ जोडेर भुर्तेल आउट
काठमाडौं : आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो तथा अन्तिम टी२० मा नेपालको दोस्रो विकेट गुमेको छ।
पाँचौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल क्याचआउट भएका हुन्। म्यायू फोस्टरको बलमा मिड अनमा प्रहार गरेका उनी ग्यारेथ देलानीबाट क्याचआउट हुन पुगे।
१६ बल खेलेका उनले दुई चौका र दुई छक्काको मद्दतमा २५ रन जोडे।
यसअघि तेस्रो ओभरको पाँचौं बलमा आशिफ शेख आउटसाइड एज लागेर आउट भएका थिए। उनलाई पनि म्याथ्यू फोस्टरले नै आउट गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।
यो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिएर विवेक यादव र अनिल शाहलाई मौका दिएको छ।
चैत १३, २०८० मंगलबार १३:२२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।