नेपालले पहिला ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड उल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ।
कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।
पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन्।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा
चैत १३, २०८० मंगलबार १२:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।