ललितपुर हत्या घटनाका मुख्य आरोपी खाजा घर सञ्चालक, पाँच जना मिलेर हानेका थिए छुरी

ललितपुर हत्या घटनाका मुख्य आरोपी खाजा घर सञ्चालक, पाँच जना मिलेर हानेका थिए छुरी

ललितपुर : फागु पूर्णिमाका दिन ललितपुरको एक खाजा घरमा भएको दुई जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

फागु मनाएर ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा रहेको डी पोपिना खाजाघरमा पुगेर मदिरा पिएका युवाहरुबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गर्यो।

प्रहरीका अनुसार विवादकाक्रममा भएको घटनामा पाँच जना संलग्न रहेको र एकजना भने फरार छन्। सार्वजनिक गरिएकामा खाजा घर सञ्चालक खोटाङ साकेलाका विजय राई र सुलभ राई, भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राई रहेका छन्।

प्रहरीले पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भएर २ वर्ष जेल सजाय काटेर मुक्त भएका थिए।

चैत १३, २०८० मंगलबार १२:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।