चीन उडे विष्णु पौडेल

चीन उडे विष्णु पौडेल

काठमाडौं : एमाले उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल चीन भ्रमणमा गएका छन्।

२६-२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन त्यतर्फ गइसकेका छन्।

श्रेष्ठ नौ दिनको चीन भ्रणमा गएपछि एमाले नेताहरू कोमल वली र विष्णुप्रसाद रिजालले उनको आलोचना गरेका थिए।

चैत १३, २०८० मंगलबार ११:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।