जसपाको मुख्य कार्यभार : संयुक्त मोर्चा र कार्यगत एकता

जसपाको मुख्य कार्यभार : संयुक्त मोर्चा र कार्यगत एकता

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ।

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई  मुख्य कार्यभार तय गरेको छ।

यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्तावेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ।

चैत १३, २०८० मंगलबार ०९:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।