भिसा सकिएपछि पनि नेपाल बसेर शंकास्पद गतिविधि गरे, ५ बंगलादेशी नागरिक पक्राउ

भिसा सकिएपछि पनि नेपाल बसेर शंकास्पद गतिविधि गरे, ५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं : भिसाको अवधि सकिएपछि पनि गैराकानुनी ढंगले नेपाल बसिरहेका पाँच जना बंगलादेशका नागरिक पक्राउ परेका छन्।

विभिन्न मितिमा नेपाल प्रवेश गरेर शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए।

चैत १२, २०८० सोमबार १९:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।