जसपाका कार्की वन राज्यमन्त्री नियुक्त, २३ सदस्यीय बन्यो मन्त्रिपरिषद

जसपाका कार्की वन राज्यमन्त्री नियुक्त, २३ सदस्यीय बन्यो मन्त्रिपरिषद

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सांसद दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

कार्की धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

जसपा अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने जसपाबाटै सांसद नवलकिशोर साह सुडी वन मन्त्री छन्।

यो सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ।

 

चैत १२, २०८० सोमबार १५:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।