पौडी खेल्दा सुनकोशिमा बेपत्ता बालबालिका खोज्न सशस्त्रको गोताखोर परिचालन

पौडी खेल्दा सुनकोशिमा बेपत्ता बालबालिका खोज्न सशस्त्रको गोताखोर परिचालन

काठमाडौँ : होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।

आइतबार होली खेलेपछि तीन बालबालिका उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङ स्थित सुनकोशी नदीमा पौडी खेल्नेक्रममा हराएका थिए। आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरबाट खोजी गरे पनि उनीहरू नभेटिएपछि सोमबार बिहान कोशी प्रदेश स्थित नम्बर १ बराह बाहिनी मुख्यालयबाट गोताखोर परिचालन गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर सहितको फौज बालबालिकाको खोजीमा परिचालन गरिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

 

चैत १२, २०८० सोमबार १३:५४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।