आयरल्यान्ड ए विरुद्धको सिरिज खेल्ने नेपाली टिम घोषणा
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड वुल्भ्स) विरुद्धको सिरिजका लागि नेपाली ‘ए’ टिम चयन गरेको छ।
क्यानले प्रारम्भिक टिममा बोलाएको ४० खेलाडी मध्यबाट टी-२० र एक दिवसीय सिरिज खेल्ने नेपाली 'ए' टिम चयन गरेको हो।
टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।टिम ‘ए’ का अन्यमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।
एक दिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।
भोलि सोमबार र मंगलवार सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेलेपछि ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल र २१, २३ र २५ चैतमा एक दिवसीय खेल खेल्ने छ।
चैत ११, २०८० आइतबार १८:०९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।