आयरल्यान्ड ‘वुल्भ्स’ विरूद्व खेल्न नेपाल ‘ए’ टिमको घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड वुल्भ्स ‘ए’ विरुद्धको शृंखलाको लागि विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरेको छ।
नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच टी-२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले टी-२० शृंखला खेल्नेछ। पाँच टी-२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ।
त्यसपछिका तीन र तीन खेलको एकदिवसीय शृंखला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ। आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो टी-२० खेल खेल्नेछ।
चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ।
यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
चैत ११, २०८० आइतबार १३:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।