सहकारी ठगीमा परेको उजुरी गृहमन्त्रीको नजरमा 'चिर्कटो', प्रहरीको ड्रोयरमा रहेको उजुरीमा राजनीति गरेको आरोप

सहकारी ठगीमा परेको उजुरी गृहमन्त्रीको नजरमा 'चिर्कटो', प्रहरीको ड्रोयरमा रहेको उजुरीमा राजनीति गरेको आरोप

काठमाडौँ : सरकारी ठगीमा संलग्न रहेको आरोपबारे प्रहरीमा परेको उजुरीलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चिर्कटोको संज्ञा दिएका छन्।

उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालीले सुर्यदर्शन, सुप्रिम, सहारा लगायतका सहकारीहरूबाट गैर कानुनी रूपमा ऋण लिएर दुरुपयोग गरेको विभिन्न अनुसन्धानबाट खुलिसकेको छ।

शुर्यदर्शन सहकारीबाट उनको नाममा पुलेको कर्जाका नाममा पैसा निकालिएको र सुप्रिम सहकारी लगायतका सहकारीबाट गोर्खा मिडिया लगायतका नाममा ५० करोड बढी ऋण निकालेको स्थानीय निकायको अनुसन्धानमा खुलिसकेको छ।

शुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेकोबारे जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक उजुरीमा उनलाई प्रतिवादीको रूपमा उल्लेख गरिएको छ। तर उनले त्यो उजुरीलाई चिर्कटोको र प्रहरीको ड्रोयरमा रहेको उजुरीको संज्ञा दिए।

'कसैले एउटा चिर्कटोमा दिएको उजुरी, प्रहरीको ड्रोर्यरमा राखेको उजुरीका आधारमा भुँडी हल्लाएर अख्तियारमा बयान दिन गएकाहरू राजीनामा मागिरहेका छन्' उनले दाबी गरे।

उनले 'नेपाली कांग्रेसले बुझेका केही छैन तर सबै बुझेको जस्तो गर्नु परेको बताए। उनले जीवी राइसँग टेलिभिजनमा काम गरेको सम्बन्ध सकिइसकेको दाबी गर्दै आकाशमा होस् या पातालमा होस् जीवीलाई पक्राउ गरेर ल्याउने दाबी गरे।

उनले पार्टीको कार्यक्रममा एउटा ठाडो उजुरीका आधारमा नेपाली कांग्रेसले राजीनामा मागेको र छानबिन समिति बनाऊँ भनेर संसद्मा माग गरिएको बताए।  उनले पटक-पटक भने 'ठाडो उजुरीलाई लिएर प्रश्न उठाउनेहरूलाई जनताका माझमा प्रश्न राखौँ म जवाफ दिन तयार छु।'

उनले सहकारी ठगीमा भ्रम छर्ने प्रयास गरेको दाबी गरे। संसद्मा प्रमाणसहित आफ्ना कुरा राख्न खोजेको तर कांग्रेसले सुन्न नचाहेको दाबी गरे।

चैत १०, २०८० शनिबार २२:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।