राहदानी नवीकरण गर्न आफैँ त्रिपुरेश्वर पुगे पूर्वराजा ज्ञानेन्द्र

राहदानी नवीकरण गर्न आफैँ त्रिपुरेश्वर पुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन्।

पत्नी कोमललाई साथै लिएर आफैँ राहदानी विभाग त्रिपुरेश्वर पुगेर उनले राहदननी नवीकरण गरेको विभागका एक अधिकृतले जानकारी दिए।

‘उहाँ राहदानी नवीकरण गर्न आफैँ आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ,’ ती अधिकृतले भने, ‘नभन्दै उहाँ आउनुभयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो।’

गत सोमबार पूर्व राजारानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका हुन्।

सचिवालयले नै नवीकरण गर्ने सल्लाह दिँदा पूर्व राजाले राहदानी सेवाको बारेमा बुझ्न चाहेकाले आफैँ गएर नवीकरण गर्ने जवाफ दिएका थिए।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचाएका थिए।

चैत १०, २०८० शनिबार ०९:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।