भोलिदेखि चीनको नौ दिने भ्रमणमा जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

भोलिदेखि चीनको नौ दिने भ्रमणमा जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आाइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनले चीनको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्।

साथै भ्रमणका क्रममा उनले बेइजिङ र अन्य प्रान्तमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किने छन्।

चैत १०, २०८० शनिबार ०७:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।