आईपीएलमा : बैंग्लुरुमाथि चेन्नईको छ विकेटको जित, आज दुई खेल हुँदै
काठमाडौं : टी-२० फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले विजयी शुरूवात गरेको छ।
रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ६ विकेटको जित निनकाल्दै चेन्नईले विजयी शुरूवात गरेको हो।
बैंग्लुरुले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा मात्र चार विकेट गुमाएर भेट्टायो।
चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए। शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए।
बैंग्लुरुका लागि क्यामरुन ग्रीनले दुई, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो। टिमका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए। ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए।
अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे। चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए।
महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानी गर्दैछन्।
त्यस्तै, आईपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन् । यो खेल दिउँसो नेपाली समय अनुसार ३:४५ मा शुरु हुनेछ।
दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ७:४५ मा शुरु हुनेछ।
चैत १०, २०८० शनिबार ०७:३२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।