कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर

कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना, एक जनाको अवस्था गम्भीर

काठमाडौँ : टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। उनीहरू सवार कार बिहीबार बिहान ४ बजेतिर दुर्घटना भएको हो। 

बा-१-०२६ ०३५९ नम्बरको कारबाट उनीहरू गइरहेको बेलामा भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार कमेडी टिम नगरकोटबाट काठमाडौँ फर्कँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका कमेडी च्याम्पियनका  निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराईको भक्तपुर  अस्पतालमा उपचार भइरहेको छ। उपचाररत एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

चैत १०, २०८० शनिबार ००:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।