'समिति र प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूप्रति पूर्ण जवाफदेही हुन्छु'

'समिति र प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूप्रति पूर्ण जवाफदेही हुन्छु'

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उनले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरूले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताइन्।

उनले भनिन, ‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौं। अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरूले डेलिभरी गर्ने होइन। स्थानीय तहले गर्ने हो। त्यसैले उहाँहरूको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौँ।’

उनले आफू सधैँ सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाइन्।

‘प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नहरूको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुन्छु,’ मन्त्री श्रेष्ठले भनिन्।

चैत ९, २०८० शुक्रबार १६:४१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।