गृहमन्त्रीको पञ्चायती बुँदाको विरोध भएपछि गृहले विज्ञप्ति निकालेर ढाँट्यो

गृहमन्त्रीको पञ्चायती बुँदाको विरोध भएपछि गृहले विज्ञप्ति निकालेर ढाँट्यो

काठमाडौँ : सञ्चार माध्यमको सामाग्री समेत अनुगमन र कारबाही गर्नेगरी गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई दिएको निर्देशनको विरोध भएको छ।

गृह मन्त्रालयले बिहीबार मन्त्रिस्तरिय निर्णयभन्दै पठाएको निर्देशनमा अनलाइन न्युज पोर्टलमा प्रकाशित सामाग्रीको समेत अनुगमन गर्न डेक्स स्थापना गर्न भनिएको थियो।

नेपाल पत्रकार महासङ्घ र फ्रिडम फोरमले सो निर्देशन विद्यमान कानुनी प्रावधानबाहिर रहेको भन्दै विरोध गरेको हो।

पत्रकार महासङ्घले नेपालको कानुनी प्रावधान अनुसार मिडियामा प्रकाशित सामाग्रीको नियमन प्रेस काउन्सिल नेपालले गर्ने र गरिरहेको भन्दै निर्देशनमा उल्लेख बुँदा कानुन विपरीत भन्दै विरोध जनाएको थियो।

फ्रिडम फोरमले पनि सो निर्देशन कानुन विपरीत भएको भन्दै आपत्ति जनाएको छ। सञ्चारमाध्यमको नियमन प्रहरी र प्रमुख जिल्ला अधिकारीबाट गराउने पञ्चायती शैलीको निर्देशनको विरोध भएपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर पठाइएको निर्देशनमा ती बुँदा हटाइएको दाबी गरेको छ।

चैत ८, २०८० बिहीबार २१:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।