ग्लोबल आइएमई बैङ्कले ९.९९ प्रतिशतको स्थिर ब्याजदरमा विद्युतीय अटो कर्जा दिने

ग्लोबल आइएमई बैङ्कले ९.९९ प्रतिशतको स्थिर ब्याजदरमा विद्युतीय अटो कर्जा दिने

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले चार पाङ्ग्रे सवारी साधनका लागि ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा योजना सार्वजनिक गरेको छ।

५ वर्षसम्मको कर्जा अवधि रहेको यो परियोजनामा स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर तोकिएको छ।

अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरिएको बैङ्कले जानकारी दिएको छ । ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने र विद्युतीय सवारी साधनको प्रयोग गर्न चाहनेहरूका हकमा योजना लाभदायक हुने बैङ्कले दाबी गरेको छ।

चैत ८, २०८० बिहीबार १८:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।