उपेन्द्र सुब्बाको ‘मनसरा’ फिल्मको टिजरमा रक्सीको विज्ञापन

उपेन्द्र सुब्बाको ‘मनसरा’ फिल्मको टिजरमा रक्सीको विज्ञापन

काठमाडौँ : सर्वोच्च अदालतले मदिराजन्य पेय पदार्थको प्रचार प्रसार गर्न रोक लगाएसँगै सञ्चारमाध्यम लगायतमा ठप्प भयो। सर्वोच्चको आदेशमा प्रस्टै कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने भनिए पनि गर्नेहरूले मजाले ठुला ठुला बोर्डमा स्पोन्सर्डबाई भन्दै गरेकै छन्।

पछिल्लो समय गीत होस् कि फिल्म होस् लगानी उठाउन भन्दै दर्शकलाई चिट गर्दै बैङ्कदेखि हाउजिङसम्म, सिमेन्टदेखि मनिएक्सप्रेससम्मको विज्ञापन राख्ने क्रम बढ्दो क्रममा छ।  अब हुँदाहुँदै रक्सी उत्पादकहरू समेत प्रचारका लागि फिल्मतिर लागेका छन्।

सर्वोच्चको आदेशमा 'मादक पदार्थको विज्ञापन सामग्री उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नहुने सम्बन्धी कानूनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढङ्गले कार्यान्वयन गर्नु गराउनु, कुनै पनि सञ्चार माध्यमहरुमा यस्तो सामग्रीको प्रचार प्रसार नगर्नु नगराउनु, गर्न नदिनु' भन्ने आदेश दिएको थियो। युट्युव अझ त्यसमा फिल्म पनि सञ्चारमाध्यमको एक रुप त हो नै।

वैशाख २१ गते रिलिज मिति तोकिएको ‘मनसरा’को बिहीबार सार्वजनिक भएको टिजरमा सर्वोच्च अदालतबाट जारी भएको आदेशको धकै नमानी सिधै रुस्लान् हैन रुस्लान् भोड्काकै विज्ञापन राखिएको छ।

दुई मिनेट १६ सेकेन्डको टिजर भिडियोको ठ्याक्कै आठ सेकेन्डमा भोड्काको विज्ञापन राखिएको छ। भिडियोमा मात्रै जी२१ डिजिटल युट्युब च्यानलबाट राखिएको भिडियोको क्रेडिटमै अन्यसँगै रुस्लान भोड्का समेत उल्लेख गरिएको छ।

कबड्डी फिल्मले बनाएको फिल्मको निर्देशक हुन् उपेन्द्र सुब्बा। प्रमुख कलाकारमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान लगायतका छन्। फिल्ममा छायाकार शैलेन्द्रध्वज कार्की निर्माता छन् भने विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सह–निर्माता रहेका छन्।

चैत ८, २०८० बिहीबार १७:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।