एक ठाउँ छ, त्यहाँ दलितबाट मन्त्री बनाउँछौँ : ओली

एक ठाउँ छ, त्यहाँ दलितबाट मन्त्री बनाउँछौँ : ओली

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा मन्त्रीका लागि एक ठाउँ रहेको र त्यहाँ दलित समुदायबाट मन्त्री बनाउने बताएका छन्।

सत्ता समीकरण बदलिएर एमाले र माओवादी केन्द्रसहितको गठबन्धनसँगै मन्त्रिपरिषद् फेरबदल भए पनि दलित समुदायको कसैको प्रतिनिधित्व भएन।

५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाएको भन्दै यस पटक पनि बनाउने दाबी गरेका हुन्।

‘यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ। यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ। पहिले पहिले पनि मन्त्री हुने गरेको छ। । दलितबाट यस पटक पनि मन्त्री हुन्छ’ उनले भने।

उनले कार्यक्रममा सबै जाति र सबै समुदायलाई एकै पटक सम्बोधन गर्न नसकिने बताएका थिए। उनले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताए।

चैत ८, २०८० बिहीबार १७:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।