तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिएको हो।

यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणालीमार्फत तरलता तानिरहेको छ।

अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जारनिक्षेप अनुपात –सिडी रेसियो) ७९.७१ प्रतिशत मात्र कायम छ। यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको छ।

जसकारण केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ्ग प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।

चैत ८, २०८० बिहीबार १३:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।