योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

काठमाडौं : सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन्।

उनले भनिन्, ‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमाचूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ।’

यस्तै सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिइन्।

‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाईनियुक्ति गर्ने निर्णय भएको छ’, उनले भनिन्।

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल-१ र जुगल-२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन्।

चैत ८, २०८० बिहीबार १२:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।