तेस्रो पटक सिरिज स्थगित गरेपछि अफगानिस्तान आक्रोशित, ‘खेलमा राजनीति नथोपर्नुस्’

तेस्रो पटक सिरिज स्थगित गरेपछि अफगानिस्तान आक्रोशित, ‘खेलमा राजनीति नथोपर्नुस्’
फाइल तस्बिर

एजेन्सी : अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले अस्ट्रेलियाली क्रिकेट टोलीले आफ्नो द्विपक्षीय शृंखला स्थगित गरेकोमा निराशा व्यक्त गरेको छ।

एसीबीले निष्पक्ष र राजनीतिमुक्त क्रिकेट खेल्ने आफ्नो अडानमा अडिग रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलिया तेस्रो पटक अफगानिस्तानसँगको सिरिजबाट बाहिरिएपछि एसीबीको यस्तो भनाइ बाहिर आएको हो।

एसीबीले क्रिकेटलाई राजनीतिक प्रभावबाट टाढा राख्न वकालत गर्दै अफगानिस्तानमा यो खेलको महत्व र त्यहाँका जनताका लागि यससँग जोडिएको खुसीको उल्लेख गरेको छ।

एसीबीले अष्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपर्न भन्दै क्रिकेटको विकासमा सहयोग गर्न आग्रह गरेको छ।

एसीबीले यस विषयमा क्रिकेट अष्ट्रेलियासँग छलफल गरिसकेको र द्विपक्षीय शृंखलाबाट बाहिरिनुभन्दा विकल्पहरू विचार गर्न आग्रह गरेको बताएको छ।

एसीबीले दुवै देशका क्रिकेट टोलीले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने बताएको छ।

क्रिकेट अष्ट्रेलियाको प्रतिनिधिमण्डलको उपस्थितिमा आईसीसीले यो सिरिजलाई हरियो संकेत दिएको थियो।

चैत ८, २०८० बिहीबार ०७:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।