माउण्टेन ड्युको प्रचार अभियानमा अनुपबिक्रम शाहीको स्टन्ड
काठमाडौं : माउण्टेन ड्युले नेपाली उपभोक्ताहरुलाई आफूभित्रको डरलाई हटाउन आग्रह गर्दै आजदेखि ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ।
अभियानमा जोडिएका अभिनेता अनुपबिक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्त गर्दै आएको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई जोड दिएका छन्।
यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभी विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरूलाई बाँधिराख्नेछ। पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसँगै सुरू हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन्।
यसैबीच अनुपबिक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधी र त्यसको चपेटामा पर्न गइरहेका आफ्ना साथीहरूलाई देख्छन्।
भयंकर आँधी, आगो र अवशेषहरूलाई बेवास्ता गर्दै ‘माउण्टेन ड्यु’को एक सीप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरूलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोसिलो स्टण्टसँगै आँधीको मार्ग पनि बदलिदिन्छन्।
यो भयावहपूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एकपटक माउण्टेन ड्युको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ।
यी साहसिला दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भने प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन्।
अभियानको बारे बोल्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने ‘माउण्टेन ड्युको मूलमन्त्र ‘डरको अगाडि जित छ’लाई अनुपबिक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं।’
अनुपबिक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै भने ‘माउण्टेन ड्युसँग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा ‘डरको अगाडि जित छ’ लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो। माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरु छायांकनले मभित्र अदम्य साहसहरु भरिएका छन्, जुन मेरो व्यक्तित्वसँग पनि दुरुस्त मेल खान्छ। युवाहरूलाई उनीहरुको डरभन्दा अगाडि बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छु।’
नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभी च्यानलहरू लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरूमा व्यापक रुपमा संचालन गरिने छन्।
माउण्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरू आधुनिक एवं परम्परागत खुद्रा पसलहरूका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध छन्।
चैत ७, २०८० बुधबार २०:१२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।