मेटलाइफ नेपालको लिगेसी ट्रीज कार्यक्रमले रोप्यो ७ हजार विरुवा

मेटलाइफ नेपालको लिगेसी ट्रीज कार्यक्रमले रोप्यो ७ हजार विरुवा

काठमाडौं : जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेका व्यक्तिको सम्मानमा एउटा विरुवा रोप्ने अभियान अन्तर्गत मेटलाइफ नेपालले लिगेसी ट्री कार्यक्रम सुरुवातको घोषणा गरेको छ।

विरुवाले बीमितको स्मृतिलाई सम्मान सँगै स्वच्छ हावा र जनावरहरूको लागि बासस्थान तथा भूमि संरक्षण गर्ने भएकाले यो अभियान सुरू गरेको कम्पनीले जनाएको छ।

जीवन बीमा दाबी भुक्तानी गरेपछि कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा विरुवा रोपिएको सूचित गर्ने पत्र प्रदान गर्नेछ।

कम्पनीका अनुसार आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गर्नेछ।

कम्पनीको २०२३ को डेसेम्बरमा सुरू भएको यस् कार्यक्रमले बारामा ७ हजार विरुवा रोपिसकेको जनाइएको छ।

लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका विरुवाहरू आर्बर डे फाउन्डेसनले झन्डै ७६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, झन्डै ३ हजार २२० ग्यालन पानीको बहावलाई रोक्न र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने बताइएको छ।

चैत ७, २०८० बुधबार १९:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।