संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भाग्यो : रामहरि खतिवडा

संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भाग्यो : रामहरि खतिवडा
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेको बताएका हुन्।

उनले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्,’ उनले भने, ‘सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला? त्यो पनि अचम्मको विषय बन्यो। जनतालाई ढाँट्न पाइँदैन।’

उनले सरकारको इन्जिन र एक्सिलेटर नै बिग्रिसकेकाले गियर परिवर्तनले केहि गर्न नसक्ने टिप्पणी गरे।

चैत ७, २०८० बुधबार १३:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।