हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सर्वोच्च अदालत परिसरबाट सोमबार प्रहरीले प्रसाईंका सुरक्षामा खटिएका दुई जनालाई पक्राउ गरेको थियो।

झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘पाँच दिनको म्याद पाएका छौं, हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।’

चैत ७, २०८० बुधबार १३:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।