आयरल्याण्ड उल्भ्स तथा बरोडा र गुजरातसँग टी२० सिरिज खेल्ने नेपाली टोली घोषणा

आयरल्याण्ड उल्भ्स तथा बरोडा र गुजरातसँग टी२० सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड उल्भ्स र गुजरातमा हुने सिरिजको लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा यसअघि हङकङ सिरिजमा गएको टोलीमध्ये आरिफ शेख, विनोद भण्डारी, लोकेस बम लगायतका खेलाडी बाहिरिएका छन्।

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवके यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, अबिनाश बोहरा र आकाश चन्द छन्।

यो टोलीले घरेलु मैदानमा आयरल्याण्ड उल्भ्ससँग दुई खेल तथा भारतको भापीमा गुजरात र बरोडासँग दुई–दुई वटा टी२० खेल खेल्नेछ।

भारतमा हुने खेल ३१ मार्चदेखि ७ अप्रिलसम्म हुनेछ।

चैत ७, २०८० बुधबार ११:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।