मोरङमा श्रीमतीको हत्यापछि आत्महत्या

मोरङमा श्रीमतीको हत्यापछि आत्महत्या

विराटनगर : मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन्।

बेलबारी १ मा ५० वर्षीय बमबहादुर लिम्बुले ४५ वर्षीय श्रीमती गीताको हत्यापछि आत्महत्या गरेका हुन्।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो।

श्रीमतीको हत्यापछि बमबहादुरले आफ्नै घाँटीमा धारिलो हतियारले रेटेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए।

गम्भीर घाइते भएका बमबहादुरलाई छिमेकीले अस्पताल पुर्याए पनि उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

चैत ७, २०८० बुधबार ०९:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।