इजरायल-हमास युद्धको पाँच महिनापछि अमेरिका नरम, विदेशमन्त्रीले भने- ‘गाजा गम्भीर खाद्य संकटको जोखिममा छ’

इजरायल-हमास युद्धको पाँच महिनापछि अमेरिका नरम, विदेशमन्त्रीले भने- ‘गाजा गम्भीर खाद्य संकटको जोखिममा छ’

एजेन्सी : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजाको २० लाख जनसंख्या गम्भीर खाद्य संकटको जोखिममा रहेको बताएका छन्।

इजरायल-हमास युद्ध सुरु भएयता गाजाका स्थानीयका लागि अमेरिकी विदेशमन्त्रीबाट यस्तो बयान आएको यो पहिलोपटक हो।

गाजामा काम गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले मे महिनासम्म युद्ध नरोकिए र आवश्यक मात्रामा राहत सामग्री गाजामा नपुगेमा गाजालाई ठूलो भोकमरीको सामना गर्नुपर्ने बताएका छन्।

एन्टोनी ब्लिन्केन हाल फिलिपिन्स भ्रमणमा छन्। अमेरिकी अधिकारीहरूले मङ्गलबार आफूहरू छिट्टै मध्यपूर्वको भ्रमण गर्न लागेको बताएका छन्।

अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणपछि ब्लिन्केनको यो छैटौं मध्यपूर्व भ्रमण हो। भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छलफल गर्नेछन्।

मंगलबार, कतारमा इजरायली मध्यस्थकर्ताहरूले फेरि एक पटक सम्भावित युद्धविरामको बारेमा छलफल गरिरहेका छन्। उक्त छलफलमा गाजामा राहत सामग्री पुर्याउनेदेखि लिएर हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्ने सबै कुरा समेटिनेछ।

चैत ७, २०८० बुधबार ०८:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।