४८ दिनमा सकियो फिल्म पुजार सार्कीको सुटिङ, निर्माण नसकिँदै भाइरल भो क्लिप

४८ दिनमा सकियो फिल्म पुजार सार्कीको सुटिङ, निर्माण नसकिँदै भाइरल भो क्लिप



काठमाडौँ : फिल्म पुजार सार्कीको निर्माण टिमले ४८ दिनमा सुटिङको काम सक्काएको हो। कास्कीकोटमा भएको छायाङ्कन मङ्गलवारबाट सक्किएको हो।

दिनेश राउतले निर्देशन गरेको फिल्ममा पन्तका प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बू लगायतका कलाकार छन्।

फिल्म सुटिङकै क्रममा अभिनेता प्रदीप र आर्यनको लुक्स सार्वजनिक भएको थियो। प्रदीपले दमाहा बजाइराखेको तस्बिर सार्वजनिक भएको थियो भने  आर्यनले नाचेको छोटो क्लिप सार्वजनिक भएको थियो।

निर्माण टिमले जानाजान क्लिप सामाजिक सञ्जालबाट लिक गराउँदै सुटिङकै बेलामा फिल्मको प्रचार गराउन सफल भए।

दुवैको लुक्सलाई उनका फ्यानहरूले रुचाएका छन्। अन्तिम दिनको सुटिङमा कलाकारहरू कौडा नाचेको गुरुङ पोसाकमा देखिएका छन्। 

चैत ६, २०८० मंगलबार २२:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।