कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं : कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम् डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध गराउने भएको छ।

बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान भएको बैंकले जनाएको छ। यसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने, वित्तीय चुनौतीहरूको पहिचान र समाधानका उपायहरू सिकाउने गर्दछ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बताइएको छ।

बैंकका अनुसार यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्छन्।

बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरू जस्तै इएमआइ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ।

रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निःशुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ।

 

 

चैत ६, २०८० मंगलबार १८:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।