दलित विकास प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दलित विकास प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभेदमा परेका दलित लगायतका समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन्।

प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै उनले उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए।

उनले दलित क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोगलगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पनि जानकारी दिएका छन्।

उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए।

चैत ६, २०८० मंगलबार १४:२४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।