‘द कपिल शर्मा शो’को सेटमा शोभित, नेपाली फिल्मको प्रचार गर्न कपिल तयार रहेको दाबी
काठमाडौं : निर्देशक शोभित बस्नेतले भारतका चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन्।
केही समयअघि मुम्बई गएका उनले त्यहि समयमा कपिल शर्मासँग भेट गरेका हुन्। सो क्रममा उनी ‘द कपिल शर्मा शो’को सेटमा पनि पुगेका थिए।
निर्देशक बस्नेतका अनुसार उनीहरूबीच समग्र नेपाली फिल्म क्षेत्रबारे कुराकानी भएको छ। कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतको दाबी छ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ आगामी चैत २३ गते प्रदर्शन हुँदैछ। फिल्म प्रदर्शनअघि उनी उनले कपिलसँग भेट भएको तस्बिर सार्वजनिक गरेका हुन्।
सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन्। फिल्म जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ।
फिल्मको काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा छायांकन गरिएको थियो।
चैत ६, २०८० मंगलबार ११:४७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।