माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको पार्टी सचिव गणेश शाहले जानकारी दिए।

सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाइएको उनले बताए।

सोमबार मात्र पार्टी उपाध्यक्ष एवं पूर्व सभामुख महरा रुपन्देहीबाट पक्राउ परेका थिए।

अदालतले चार दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनी नर्भिक अस्पताल भर्ना भएका छन्।

चैत ६, २०८० मंगलबार ०७:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।