अफरोड ट्र्याकमा एमजी ४ इभिले गर्यो 'स्ट्रेन्थ टेस्ट'

अफरोड ट्र्याकमा एमजी ४ इभिले गर्यो 'स्ट्रेन्थ टेस्ट'

काठमाडौं : पारामाउन्ट मोटर्सले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ।

'एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी' नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ई.भी स्ट्रेन्थ टेस्ट हो।

गत चैत १ गते बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले एमजी४ इभिको ‘इन्डुरेन्स’ गरेको थियो। त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए।

ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरूले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएको कम्पनीले जनाएको छ।

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एम.जी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो। उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो।

कम्पनीका अनुसार इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या भएन।

यस एमजी४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अप्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको सहभागीहरूले बताएका थिए।

चैत ५, २०८० सोमबार २०:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।