नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ।

गत चैत ३ गते धुलिखेलमा सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनीतिको बारेमा प्रकाश पारिएको थियो। सम्पत्ति शुद्धीकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारको बारेमा गरेको व्यवस्थाबारे छलफल गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले यससम्बन्धी अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा प्रशिक्षित गरेको थियो।

सम्पत्ति शुद्धीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसको अक्षरश पालना गर्न र मुलुकलाई आपराधिक/आतंकवादी गतिविधिहरूबाट जोगाई अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको  कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले प्रतिबद्धता जनाए।

नेपालमा बनेका नीति नियमहरूको अक्षरश पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

चैत ५, २०८० सोमबार २०:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।