उपनिर्वाचन : इलाममा २०, बझाङमा १९ दल दर्ता

उपनिर्वाचन : इलाममा २०, बझाङमा १९ दल दर्ता

काठमाडौं : आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।

निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको बताए। यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको उनले जानकारी दिए।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी लगायतका दलले दर्ताको निवेदन दिएका छन्।

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो। 

चैत ५, २०८० सोमबार १७:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।