आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ : नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध विशेष अदालतले गरेको फैसला अपर्याप्त भएको मागदावीसहित सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

गैर कानुनी सम्पत्ति आर्जनको मुद्दामा  विशेषले खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजाय हुने फैसला गरेको थियो।

अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो।

माग दाबीको करिब आधा मात्रै सजाय भएको भन्दै अख्तियार आइतबार सर्वोच्च अदालत गएको हो। अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएकोमा विशेषले आंशिक ठहर गर्दै उनीहरूको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्न आदेश दिएको थियो।

अख्तियारको पुनरावेदनमा लामाविरुद्ध पनि  उल्लेख छ। लामाविरुद्ध पनि आफ्नो मागदाबी अनुसार सजाय हुनुपर्ने उसको माग छ। 

चैत ४, २०८० आइतबार २१:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।