इलामको उपनिर्वाचन बहिष्कार गर्ने किराँत मोर्चाको घोषणा

इलामको उपनिर्वाचन बहिष्कार गर्ने किराँत मोर्चाको घोषणा

बिर्तामोड : किराँत मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। मोर्चाका अध्यक्ष मिसेकहाङ किराँतले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने मोर्चाले जानकारी दिएको छ।

कोशी नाम खारेजी, अधिकार सम्पन्न किराँत राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किराँत’ राख्नुपर्ने माग गरेको छ।

इलाम–२ मा वैशाख १५ गते निर्वाचन गर्ने सरकारको तयारी छ। उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

चैत ४, २०८० आइतबार १६:५६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।