नयाँ मन्त्रीहरूलाई बालेनको कटाक्ष : सरकार टिक्ने समय कम भएकाले गोजी भरेर निस्किनु पर्ने छ रे !

नयाँ मन्त्रीहरूलाई बालेनको कटाक्ष : सरकार टिक्ने समय कम भएकाले गोजी भरेर निस्किनु पर्ने छ रे !

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकार टिक्ने समय अवधिप्रति व्यङ्ग्य गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकार र मन्त्रीहरूको कार्यकालबारे बाहिर विभिन्न हल्ला हुने गरेको टिप्पणी गरेका छन्।

उनले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष पनि गरेका छन्।

आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताउँदै उनले आफूले सुनेका हल्ला गलत होस् भन्ने उनको कामना समेत गरेका छन्।

'नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे! सरकार जति दिन टिक्छ।' मेयर बालेनले फेसबुकमा लेखेका छन्, 'स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा। मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।'

चैत ३, २०८० शनिबार २१:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।