सीके राउतको गलामा कार्यकर्ताले पहिर्‍याए १०१ केजीको माला

सीके राउतको गलामा कार्यकर्ताले पहिर्‍याए १०१ केजीको माला

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई एक सय एक केजीको मालाले स्वागत गरिएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज पुगेका राउतलाई पार्टीका नेता कार्यकर्ताहरूले एक सय एक किलो फूलको माला लगाएर स्वागत गरेका हुन्।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठककाे सुरुमा अध्यक्ष राउतले समसामयिक विषयमा ब्रिफिङ गरेका छन्।

बैठकले पार्टीको आगामी कार्य नीति एवं योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए। 

चैत ३, २०८० शनिबार २०:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।