४० लाख बोकेर हिँड्दा चार जना पक्राउ, हुन्डी कारोबार भएको आरोप

४० लाख बोकेर हिँड्दा चार जना पक्राउ, हुन्डी कारोबार भएको आरोप

काठमाडौँ : ४० लाख बोकेर हिँडेका चार जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले हुन्डी कारोबारीको आरोपमा पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको  सूचनाको आधारमा उनीहरू पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

काठमाडौँको चाबहिलमा कुमार कामी, अस्कर जोशी, दीपेश भन्ने डोन शाही र कल्पना मगरलाई फेला पारी निजहरूको शरीर खानतलासी गर्दा जोशीले बोकेको झोला भित्र २० लाख र कुमार कामीले बोकेको झोला भित्र २० लाख गरी ४०  लाख फेला परेको कार्यालयले जानकारी दिएको छ।

प्रहरीले सो रकम नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने उद्देश्यले बोकी हिँडेको दाबी गरेको छ।

चैत ३, २०८० शनिबार १९:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।