समीक्षकले ‘कमजोर मुटु भएकालाई नहेर्न’ सुझाएको फिल्म ‘बस्तरःद नक्सल स्टोरी’ विवादमा

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको निर्देशक सुदिप्तो सेनको फिल्म ‘बस्तरः द नक्सल स्टोरी’ रिलिज हुनासाथ विवादमा तानिएको छ।
छत्तिसगढको नक्सल आतंकमा आधारित अभिनेत्री अदा शर्मा स्टारर यो फिल्मको शो कर्नाटकसहित अन्य राज्यमा धमाधम प्रतिबन्ध हुन थालेका छन्।
२ घण्टा ४ मिनेटको फिल्ममा नक्सलीको हिंसालाई खुलेर देखाइएको छ। थिएटर तथा दर्शकले फिल्ममा प्रयोग गरिएका केही संवादलाई लिएर आपत्ति जनाएका छन्। उक्त संवादले विवाद सिर्जना सुरू गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्ममा प्रयोग गरिएका केही विवादास्पद संवाद र केही राजनेतालाई बदनाम गरेको आरोपमा अदालतले अभिनेत्री अदालाई अदालतमा उपस्थित हुन सूचना पठाउने तयारी गरिरहेको छ।
फिल्ममा माओवादीको क्रुरतालाई पूर्ण रूपमा चित्रण गराइको छ। फिल्ममा अदा आईपीएस अधिकारीको भूमिकामा छिन्।
फिल्ममा भएको हिंसाको दृश्यका कारण समीक्षकहरूले कमजोर मुटु भएकालाई फिल्म नहेर्न सल्लाह दिएका छन्।
चैत ३, २०८० शनिबार ०९:२४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।