राजनीतिक प्रतिशोध साँधेर गृहमन्त्रीको राजीनामा मागियो : सरकारकी प्रवक्ता शर्मा

राजनीतिक प्रतिशोध साँधेर गृहमन्त्रीको राजीनामा मागियो : सरकारकी प्रवक्ता शर्मा
फाइल तस्बिर

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेको छ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद अवरोध गरेपछि सरकारले यस्तो आग्रह गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रीमाथि कांग्रेसले पूर्वाग्रह साँधेको बताइन्।

उनले भनिन्, ‘संसदलाई प्रभावकारी बनाउने भूमिका सरकारको हो। तर, अहिले हामीले काम गर्न थालेका छौं। यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा भन्दा काम हेर्नुपर्यो। काममा गल्ती भयो, आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले सरकार छाडेर जाने स्थिति बन्छ। तर, अहिले राजनीतिक प्रतिशोधको रुपमा राजीनामा मागिएको छ।’

उनले प्रधानमन्त्री संसदबाट नभागेको बताउँदै आगामी चैत ६ गते उठेका प्रश्नको जवाफ दिने बताइन्।

चैत २, २०८० शुक्रबार १९:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।