EXCLUSIVE : ‘सीआईबीको डिएसपीले मसँग ६० लाख , एआईजी श्याम ज्ञवालीले २ करोड मागे’

EXCLUSIVE : ‘सीआईबीको डिएसपीले मसँग ६० लाख , एआईजी श्याम ज्ञवालीले २ करोड मागे’

काठमाडौं : सुन तस्करी अभियोगमा फरार रहेका जीवन चलाउनेले सुन तस्करीको अनुसन्धानको बेलामा सीआईबीको डिएसपीले ६० लाख मागेको र एआईजी श्याम ज्ञवालीले दुई करोड  माग्दा नदिएपछि आफूलाई फसाउन लागेको दाबी गरेका छन्।

उकेरासँगको एक्सक्लुसिभ भिडियो अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन्। उनले कुराकानीमा एआइजी ज्ञवाली आइजिपी हुने प्रतिष्पर्धामा रहेको बेलामा पैसा मागेको तर आफूले नदिएको दाबी गरेका छन्।

उनले अहिले आफू भारतको दिल्लीमा रहेको र नेपाल आएर अदालतमा हाजिर हुने तयारीमा रहेको बताए। उनले उकेरासँगको कुराकानीमा जे दाबी गरे, त्यो सुन तस्करीको अनुसन्धानको छानविनका लागि गठन गरेको आयोगमा समेत बयान दिएको बताएका छन्।

‘मैले हावा तालमा यो भनेको हैन। मैले यसबारे सुन छानविनको आयोगलाई समेत भनेको छु’, उनले भने।

उनले एआईजी श्याम ज्ञवाली दुवईमा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूसँग समेत सम्पर्कमा रहेको भन्दै तस्बिर समेत उपलब्ध गराएका छन्। त्यसबारे हामी पुष्टि गर्ने चरणमा छौँ।

भिडियो अन्तर्वार्ता सहितको विस्तृत सामाग्री तलको लिंकमा

चैत २, २०८० शुक्रबार १७:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।