सुन तस्करीमा नाम जोडिएकोमा आपत्ति जनाउँदै पूर्व आइजी सर्वेन्द्रले भने ‘जीवन चलाउने, जीवन बिगार्ने’ कसैलाई चिन्दिन’

सुन तस्करीमा नाम जोडिएकोमा आपत्ति जनाउँदै पूर्व आइजी सर्वेन्द्रले भने ‘जीवन चलाउने, जीवन बिगार्ने’ कसैलाई चिन्दिन’

काठमाडौँ : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै सुन तस्करीमा आफू संलग्न नभएको दाबी गरेका छन्।

उनले कुनै ‘जीवन चलाउने, जीवन बिगार्ने’ कसैलाई नचिनेको भन्दै सुन तस्करीमा संलग्न रहेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिए।

उनले पत्रकार सम्मेलन गर्दै भने’ ममाथि गम्भीर लाञ्छना लाग्यो। तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथा बुनेर किन समाचार बनाएको?’

उनले कसैले अनुसन्धान नगरेको हो भने अनुसन्धान नगर्नेहरूलाई सोध्नुस् भन्दै आफू छोरीहरूलाई अमेरिका छाडेर फर्कन केही दिन ढिला हुँदा ‘सर्वेन्द्र भाग्यो’ भनेर  समेत समाचार लेखिएको भन्दै आपत्ति जनाए।

सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको स्वतन्त्र आयोगले समेत नऔंल्याएको विषयबारे समाचार बनाएको भन्दै उनले भने’ म सजाय भोग्न तयार छु।  जो संलग्न छन् उनीहरूलाई पाता कसेर ल्याउनुस्।‘

उनले जीवन ‘भेट्यो भने पनि डराउँथ्यो’ भन्दै प्रश्न सोधे’ आयोगका चारै जनाले मैले भनेको मान्ने रहेछन्?’

उनले पत्रकार सम्मेलनमा सुन तस्करी सम्बन्धी आयोगको प्रतिवेदनमा जो जसको नाम छ ती सबैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने माग राख्दै यदि कसैमाथि कारबाही नभए सडकमा लतार्ने दिन आउने दाबी गरे।

चैत २, २०८० शुक्रबार १६:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।