सिन्धुलीमा कुकर बम विस्फोट

सिन्धुलीमा कुकर बम विस्फोट
फाइल तस्बिर

सिन्धुली : जिल्लाको सुनकोशी गाउँपालिका-१ दुम्जाडाँडामा कुकर बम विस्फोट भएको छ।

वीपी पार्कमा रहेको नेपाल टेलिकम र एनसेलको टावर रहेको स्थानमा शुक्रबार विहान तीन बजे बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

विस्फोटबाट मानवीय क्षति भएको छैन। प्रहरीका अनुसार नेपाल टेलिकमको टावर कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा कुकर बम पड्काएको देखिएको छ।

विस्फोट हुँदा कुकरको बिर्को झ्यालमा अड्किएको, कुकरको मुख्य भाग भुँईमा रहेको, नजिकै दुई वटा पेट्रोलको खाली बोत्तल भेटिएको र पीएलए जनमुक्ति सेना नामक पम्प्लेट समेत फेला परेको प्रहरीको भनाइ छ।

विस्फोटले नेपाल टेलिकम र एनसेल दुवै कम्पनीको टावरमा क्षति पुगेको छैन। घटनास्थलमा संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

चैत २, २०८० शुक्रबार ०९:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।