रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरू, आइतबारसम्म चल्ने

रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरू, आइतबारसम्म चल्ने

एजेन्सी : रुसमा राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबारदेखि मतदान शुरू भएको छ। मतदान तीन दिन अर्थात आइतबारसम्म चल्नेछ।

तर, प्रतिपक्षको अभावमा यो चुनाव औपचारिकता मात्र बनेको छ र भ्लादिमिर पुटिनले पाँचौं पटक जित्ने पूर्ण सम्भावना छ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको छ।

यसअघि राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए।

यदि पुटिनले चुनाव जितेमा उनी २०३० सम्म राष्ट्रपति पदमा रहनेछन्। २००८ र २०१२ को बीचको चार वर्ष प्रधानमन्त्रीको रूपमा रहेको कार्यकालबाहेक भ्लादिमिर पुटिन सन् २००० देखि रूसको राष्ट्रपति छन्।

यसैबीच युक्रेनले रुसको चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा घातक हमला गर्न थालेको छ।

त्यसैगरी, रूसी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई मतदानको क्रममा प्रदर्शन गरे त्यसको परिणामहरू नराम्रो हुने चेतावनी दिएका छन्।

करिब एक महिना अघि, फेब्रुअरी १६ मा उनका राजनीतिक प्रतिद्वन्द्वी एलेक्सई नाभाल्नी जेलमा मृत्यु भएको थियो। तर उनका परिवारले भने पुटिनले मारेको आरोप लगाएका छन्।

चैत २, २०८० शुक्रबार ०९:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।