संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक विहान ११ बजेर १५ मिनेटमा बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोध गर्ने विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिँदैछ।

यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् भने आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा पनि छलफल हुनेछ।

त्यसैगरी राष्ट्रिय सभा बैठकमा आज राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउँदैछन्।

अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ता प्रस्तुत गर्ने र आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा पनि छलफल हुने सम्भावित कार्यसूची छ।

चैत २, २०८० शुक्रबार ०७:५०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।